चलचित्र विकास बोर्डको १८औं बार्षिक उत्सव सम्पन्न



रंगखबर, काठमाडौँ – चलचित्र विकास बोर्डको १८औं बार्षिक उत्सव सम्पन्न नेपाली चलचित्र क्षेत्रको विकास, प्रवद्र्धन तथा संरक्षणका निमिक्त स्थापित नेपाल चलचित्र विकास बोर्डले आफ्नो १८औं बार्षिक उत्सव भव्यरुपमा मनाएको छ । नेपाली चलचित्र क्षेत्रलाई स्वयत्तता दिदै वि.स.२०५७ सालमा सुचना तथा संचार मन्ञालय मातहत रहनेगी चलचित्र विकास बोर्डको स्थापना भएको थियो । र, बोर्डले आफ्ना १८ बर्ष पुरा गरेको छ । बोर्डले आफ्नो बार्षिक उत्सव समारोहकाबीच आफ्ना भावि कार्य योजना समेत प्रस्तुत गरेको छ । जस अन्र्तगत नेपाली चलचित्र क्षेत्रको बृहत्तर हितका लागि बक्स अफिस प्रणालीलाई आर्थिक बर्ष २०७५÷७६ भित्रै लागु गरी सक्ने लक्ष्या बोर्डले राखेको छ । यस्तै राष्ट्रिय चलचित्र विकास नीति लागु हुन नसक्दा चलचित्र क्षेत्रले सोचे जस्तो उपलब्धी प्राप्त गर्न सकी रहेको छैन् । तसर्थ यही अर्थिक बर्ष भित्र नै राष्ट्रिय चलचित्र विकास नीति लागु पर्ने बोर्डको तयारी छ ।

नेपालको पहिलो चलचित्र आमा र पहिलो रंगिन चलचित्र कुमारीलाई डिजिटलाइजेसन गरेसंगै पुनः प्रदर्शन गर्ने र तत्कालिन शाही नेपाल चलचित्र संस्थानबाट निर्माण भएका १द्द वटा चलचित्रहरुलाई चलचित्र महोत्सवद्धारा प्रदर्शन गर्ने योजना बोर्डले अघि सारेको छ । यस्तै नेपाललाई अन्र्तराष्ट्रिय सुटिङहवका रुपमा बिस्तार गर्न अन्र्तराष्ट्रियस्तरको. फिल्म सिटीसंगै काठमाण्डौं आपसापकै क्षेत्रमा एउटा सुविधा सम्पन्न सुटिङ स्टुडियो निर्माण गर्ने लक्ष्य बोर्डले राखेको छ । माननिय सुचना तथा संचार प्रविधि मन्त्री गोकूल बासकोटाको प्रमूख आतिथ्यसमा सम्पन्न कार्यक्रमका बीच २ वटा बिशेष चलचित्रलाई बोर्डले पुरस्कृत गरेको छ । शिवम् अधिकारी निर्देशित पंचायत र घनश्याम लामिछानेद्धारा निर्देशित अग्नी दहन रहेका छन् । यी २ चलचित्रले विदेश प्रदर्शनका लागि सवटाइटलिङ गर्न २ लाख रुपैया पाउंनेछन् ।

चलचित्र विकास बोर्डमा अहिले प्रथम महिला अध्यक्षका रुपमा निकिता पौडेल छिन् । चलचित्र सम्बन्धी नै अध्यन गरी बोर्ड अध्यक्ष बन्न सफल भएकी पौडेल चलचित्र क्षेत्र र चलचित्रकर्मीहरुको पक्षमा प्रतिबद्ध भएर लागि रहेकी छिन् । बक्स अफिस, राष्ट्रिय चलचित्र नीति, चलचित्रकर्मी कल्याणकोष, फिल्म सिटी निर्माण, पराना चलचित्रहरुको डिजिटलाइजेसन जस्ता महत्वपुर्ण कामहरु आफुले आगामी अािर्थक बर्ष भैत्र सम्पन्न गरी सक्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्