धोती कुर्तामा करिष्मालाई घुमाउदै सलोन – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक तथा संगीतकार शम्भुजित बास्कोटाले आवज दिएका छन भने टंक बुढाथोकीले संगीत भरेका छन । गीतमा सलोन र करिश्मा फ़िचरिङ्ग भएका छन।

शोभित बस्नेतको निर्माण तथा निर्देशनमा बनेको चलचित्रमा रबि अधिकारी कार्यकारी निर्माता रहेका छन्। सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन्। अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन तथा टंक बुढाथोकी संगीत रहेको चलचित्रमा सलोन र करिश्माका अलावा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला,  ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ तथा बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यहि चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

प्रतिक्रिया दिनुहोस्