आफ्नै चलचित्र हेर्न पाएनन यी सुपरस्टारहरुले



एजेन्सी: बलिउडमा कयौ यस्ता कलाकारहरु छन्, जसले अभिनय गरेका चलचित्रहरु प्रर्दशनमा आउनु अगावै उनीहरुको निधन भएको छ । आज हामी तपाईहरुलाई बलिउडका केहि यस्ता कलाकारहरुको बारेमा बताउन गईरहेका छौ, जसले चलचित्रमा अभिनय त गरे तर उनीहरु आफैले अभिनय गरेको फिल्म प्रर्दशनमा आउनु अगावै उनीहरुले यो संसार छाडेर गए ।

दिव्या भारती

छोटो समय मै बलिउडमा  सफलता हात पारेकी अभिनेत्री हुन दिव्या भारती। उनको पहिलो बलिउड चलचित्र थियो ‘विश्वतमा’ पहिलो चलचित्र बाटै साफको नजरमा पर्न सफल भएकी दिव्याको अभिनयलाई आम दर्शकले यति धेरै रुचाएका थिए कि निर्माता निर्देशकहरुले आफ्नो चलचित्रमा उनलाई अभिनय गराउन राम्रै कसरत गर्नु पर्दथ्यो। भनिन्छ त्यसताका चल्तीका अभिनेत्रीहरु दिव्याकोस सफलतालाई देखेर जल्ने समेत गर्थे । तर दिव्याले त्यो सफलतालाई धेरै दिन सम्म देख्न पाईनन उनको मृत्यु सन १९९३ मा  १९ वर्षको अल्पायु मै भएको थियो । उनले आफनै घरको छत बाट हाम फालेर आत्महत्या गरेकी थिईन। उनले अभिनय गरेको चलचित्र ‘सत्रंज’ उनको निधन भएको ९ महिना पछि रिलिज भएको थियो ।

स्मिता पाटिल 

७०को दशककी चल्ती कि अभिनेत्री हुन् समिता पाटिल। पहिलो चलचित्र मेरे साथ् चलबाट बलिउडमा पाईला टेकेकी उनले त्यस पछि थुप्रै बलिउड चलचित्रहरुमा अभिनय गरिन ।स्मिता पाटिलको निधन उनि ३१ वर्षको हुदा भएको थियो । उनको निधन पछी उनले अभिनय गरेका १४ ओटा फिल्महरु रिलिज भएको थियो जस मध्ये गुलामी अन्तिम फिल्म थियो ।

ओम पुरी
बलिउडमा खतरनाक खल नायकको उपनामले चिनिन्छन अभिनेता ओम पुरी । उनले पनि बलिउडमा त्यस्ता कयौ सुपरहिट चलचित्रहरु दीई सकेका छन् । ओम पुरीको निधन ६६ वर्षको उमेरमा भयो । उनले अभिनय गरेका ३ फिल्म अझै प्रर्दशनमा आउन बाकी नै छन् ।

प्रतिक्रिया दिनुहोस्