बलिउडका प्रिय मित्रहरु



बलिउडमा दोस्ती र दुश्मनीको कुनै टुंगो हुदैन्। समय र परिस्थिती अनुसार बलिउडका स्टारहरुले पनि आफ्नो साथी तथा दुश्मनहरु बद्ली रहेका हुन्छन्।

बलिउडमा कलाकारहरु बीच लामो समय देखिको दुश्मनी देख्न सकिन्छ भने,पुरानो दोस्तीले  समेत सबैको ध्यान आकर्षण गरिरहेका हुन्छन्।

बलिउडमा यस्ता थुप्रै कलाकारहरु छन्,जो लामो समय देखि को-स्टार मात्र नभएर मिल्ने साथी पनि छन्। ती मध्ये केही मिल्ने साथीहरुका बारेमा हामीले यहाँ चर्चा गरेका छौँ :

शाहरुख खान र काजोल :

Related imageबलिउडमा शाहरुख खान र काजोलको फ्रेन्डशिप धेरै पुरानो हो। उनीहरुले लामो समय देखि बलिउडका धेरै चलचित्रमा काम गरे।

उसो त शाहरुखले  काजोललाई आफ्नो लक्की चार्म मान्छन्। शाहरुखका  काजोल सँग गरका  हरेक चलचित्रहरु सुपरहिट बनेका छन्।

रणबीर सिंह र अर्जुन कपूर :

Image result for ranveer r and aarjun

 बलिउडमा तेस्रो पुस्ताका कलाकार अर्जुन कपुर र रणबीर सिंह बीचको दोस्तीको पनि निकै चर्चा हुने गर्दछ।

हरबखत रमाइलो गर्ने मुडमा रहने रणबीर सिंह र उस्तै बानी भएका अर्जुन कपुर दुवैले सोशल मिडियामा बेला मौकामा हसी मजाक गरेका पोस्टहरु गर्ने गर्दछन् ।

ती पोस्टहरु हेर्दा दुबैको दोस्ती खुब जमेको अनुमान गर्न सकिन्छ। उनीहरु केहि बर्ष अघि ‘गुण्डे’ चलचित्रमा साथमा काम गरेपछि,बेस्ट फ्रेन्ड बनेका हुन्।

अलिया भट्ट र कट्रिना कैफ: 

Related imageहुन् त बलिउडमा हिरोइनहरुको  बीचमा खासै जम्दैन्। उनिहरु बीचमा सधै होड रहने हुँदा एक अर्कामा छिट्टै दुश्मनी मोल्छन्।

तर पनि बलिउडमा कट्रिना र आलियाको जोडी एउटा राम्रो दोस्तिको उदाहरण हो। हरेक फंक्सनमा साथ रहने यी दुइ साथीहरु जिम समेत सँगै गर्ने गर्छन्।

बेलाबखतमा आलियाले कट्रिनासँगका तस्बिरहरु इन्स्टाग्राममा राख्ने गर्दछिन्। आलिया र कट्रिना दुवैले एकै फिल्ममा भने अहिले सम्म काम गरेका छैनन्।

सलमान खान र अजय देबगण :

Related image

धेरैलाई थाह नहुन सक्छ कि सलमान र अजय बीच पुरानो फ्रेन्डशिप छ। सलमानले हरेक समय आफ्ना साथी अजयलाई सहयोग गर्ने गर्छन्। उनीहरुको यो दोस्ती चलचित्र ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेपछि शुरु भएको हो।

केहि बर्ष अघि रिलिज भएको चलचित्र सलमानको ‘रेडी’ मा अजयले एउटा केमियो गरेका थिए भने,सलमानले पनि अजयको ‘सन अफ सरदार’ मा आइटम डान्स गरेका थिए।

करीना कपूर र अमृता अरोडा :

यी दुइको फ्रेन्डशिपलाई बलिउडमा सबैभन्दा पुरानो फ्रेन्डशिप भन्न सकिन्छ। यी दुइ बिच अहिले सम्म  कुनै पनि विवाद भएको छैन। प्राय करिना र अमृता दुवैले एकले अर्काको तारिफ गरिरहेका हुन्छन्।

प्रतिक्रिया दिनुहोस्