‘हुकुम’ छायांकनसँगै सकियो ‘सुश्री सम्पत्ति’



रंगखबर, काठमाडौँ- चलचित्र ‘सुश्री सम्पत्ति’को सम्पूर्ण छायांकन  छ । निर्माण टिमले ’हुकुम’ बोलको गीत छायांकन सँगै चलचित्रको सम्पूर्ण छायांकन सकिने जानकारी दिएको छ।  छायांकन भै रहेको गीतमा लगभग १०० जना जति कोरसलाई राखी अभिनेता सलोन बस्नेत, बिनोद न्यौपाने र अभिनेत्री सारा सिर्पालीलाई फिचर्ड गरिएको छ । गीतमा दरबारमा भारदारहरूसँगको नाचलाई प्रस्तुत गर्न खोजिएको छ भने पोसाक पनि त्यही अनुरूप तयार गरिएको छ ।

गम्भीर विष्टले कोरियोग्राफी गर्दै गरेको उक्त गीतमा मेलिना राई र विशाल राईको स्वर तथा सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको छ । पाटनको दरबार परिसरमा छायांकन भै रहेको उक्त गीतलाई शिवराम श्रेष्ठले खिचिरहेका छन ।

रमेश त्वायना प्रस्तुतकर्ता तथा रंगपत्रकार सुव्रत आचार्यले निर्देशन गरेको चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी रहेको छ । चलचित्रमा सलोन, सारा र विनोदका अलावा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ भने  प्रियंका कार्कीको पनि केमियो रोल रहेको छ । चलचित्र यहि भदौ २२ गते प्रदर्शन हुने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्