म्युजिकली क्वीन रेश्मा अब ग्लामर वर्ल्डमा – भिडियो हेर्नुस



नेपालमा म्युजिकली भिडियो बनाएर यतिबेला चर्चामा रहेकी रेश्मा घिमिरेको म्युजिक भिडियो सार्वजनिक  भएको छ। उनको ‘झिम झिम गर्ने परेली’ बोलको गीतको भिडीयो सार्वजनिक भएको हो।

उक्त गीतमा गायक सागर राजको शब्द, स्वर, सङ्गीत र निर्देशन रहेको छ । एक बर्ष अघि चलचित्र ‘यो साइनो मायाको’बाट नेपाली सिनेमामा डेब्यु गरेकी रेश्माको यो पहिलो म्युजिक भिडियो हो।

भिडियो हेर्नुहोस :

केहि बर्ष अघि मिस पुर्वाञ्चलको उपाधि जितेपछि चलचित्र क्षेत्रमा प्रवेश गरेकी रेश्मा नायिका मात्र नभएर राम्रो गायिका समेत हुन्।  उनि हाल पेडियाट्रिक नर्सको रुपमा काम गरिरहेकी छन्।

चलचित्रले भन्दा पनि म्युजिकली भिडियोका कारण नेपाल तथा भारतमा चर्चित बनेकी रेश्माका म्युजिकलीमा करिब ४ लाखको हाराहारीमा फ्यानहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्