भारतमा प्रियंका र सलमानको पाँच अलग लुक्स



रंगखबर, काठमाडौँ- लामो समय बाट चर्चामा रहेको सलमान खानको चलचित्र भारतको छायांकन सुरु भएको छ। सुरुबाटै सलमान खान यस चलचित्रका लागी उत्साहित छन्। अहिले भारतका बारेमा कैयौ जानकारीहरु आगाडी आएका छन्।

अलि अब्बास जफरको निर्देशनमा बन्ने चलचित्र भारत कोरियन चलचित्र ‘ओड टू माई फादर’ को रिमेक हो। उक्त कहानीमा धेरै परिवर्तन गरिने छैन्।

एजेन्सीका अनुसार सलमान खानको पिताको रोल ज्याकी श्राफले निभाउने छन्। उनलाई सलमान खानलेनै शिफारिस गरेका हुन्। यी दुइले आठ बर्ष अघि  चलचित्र बीर मा सँगै काम गरेका थिए।

भारत मा सलमानका बहिनी ज्वाँइ अतुल अग्निहोत्रीको प्रोडक्सन रहने छ। साथै सलमान खान र प्रियंका चोपडाले समेत लामो समय पछि यसै चलचित्रमा स्क्रिन शेयर गर्दै छन्। उनि सलमानको पत्नीको भूमिकामा देखा पर्ने छिन्। भारतमा दुवै कलाकारहरुको लाइफ प्रोग्रेसन देखाईने छ। यंग देखि ओल्ड सम्मको लुक्स रहने छ ,जसमा प्रियंका पाँच अलग अलग लुक्समा देखिने छिन्।

 

सुत्रका अनुसार भारतमा १९४७ को बेला भारत र पाकिस्थान विभाजित भएको बेलाको कहानी समाबेश छ। गत आइतबारबाट छायांकन शुरु भएको चलचित्रमा दिशा पाट्नीले सलमानको बहिनीको भूमिका निभाउने छिन्। मुम्बई पछि चलचित्रको आबूधाबी, स्पेन, माल्टा, पंजाब  तथा दिल्लीमा पनि छायांकन हुने छ ।

प्रतिक्रिया दिनुहोस्