भुवन र चैत्यको सहकार्यमा निताले साईन गरिन ‘साईनो’



रंगखबर, काठमाडौँ-  नेपाली फिल्म नगरिकी पहिलो अभिनेत्री भुवन चन्द र वरिष्ठ अभिनेत्री चैत्य देवीको लगानीमा बन्न लागेको  फिल्म ‘साईनो’मा अभिनेत्री नीता ढुंगाना फाईनल भएकी छिन । पछिल्लो पटक फिल्म ‘पंचायत’मा देखा परेकी निता अब भने फिल्म साईनो मार्फत दर्शकमाझ आउँने  भएकी छिन्।

 

फिल्ममा रमेश थापाको निर्देशन रहने फिल्ममा नीता एक  नृत्य प्रशिक्षकको रुपमा देखा पर्दैछिन । अभिमन्यू निरवी र रामशरण कोइरालाको लेखनमा बन्ने फिल्ममा अभिनेत्री  मिरुना मगर र नव कलाकार राजकुमारको पनि मुख्य भूमिका रहने बताईएको छ। श्रोतले दिएको जानकारी अनुसार फिल्म दशैँ लगत्तै फ्लोरमा जानेछ ।

 

प्रतिक्रिया दिनुहोस्