समाजमा नबोलिने विषय सोमबारबाट हिमालय रोडिजमा



रंगखबर, काठमाडौँ – पहिलो संस्करणको सफलता पश्चात रियालिटी शो हिमालय रोडिजको दोस्रो संस्करण साउन १४ गते देखि प्रशारणमा आउने भएको छ ।

हिमालय टेलिभिजनबाट प्रशारण  हुने शोमा दीया मास्के, रेमनदास श्रेष्ठ र आशिष राना ‘लाउरे’ निर्णायकको भूमिकामा छन् । गत संस्करणको सफलताले रोडिजको दोस्रो संस्करण पनि दर्शक माँझ प्रतिक्षित छ । शोको टिजर युट्युब तथा टेलिभिजनमा सार्वजनिक भैसकेको छ ।

गत संस्करणका विजेता समन श्रेष्ठ र अनिमेष शाही प्रस्तोता रहने शो कुल १८ सृंखलामा सम्पन्न हुनेछ । जसमध्ये पाँच शहरका पाँच सृंखला अडिसन राउण्डका हुनेछन् । भने बाँकी १३ सृंखला जर्नी राउण्डमा प्रस्तुत हुनेछन । देशका ठुला शहर चितवन, बुटवल, पोखरा, इटहरी र काठमाडौँमा अडिसन राउण्ड सम्पन्न भएको थियो । समाजमा सजिलै खुलेर बोल्न नसकिने विषयलाई यसपटक मुख्य प्राथमिकतामा राख्दै शशक्त ढंगबाट प्रस्तुत गरिने शो निर्देशक अमन प्रताप अधिकारी बताउछन ।

भारतलगायत दक्षिण एसियामै प्रख्यात रहेको एमटिभी रोडिजको फ्रेञ्चाइज हिमालय रोडिजका विजेताले २० लाख नगद र यमाहा एफ जेड -२५० सिसीको मोटरसाइकल प्राप्त गर्नेछन । साताको सोमबार साँझ ८ बजे प्रशारण हुने शो हिमयल रोडिजको अफिसियल युट्युब च्यानलबाट पनि प्रशारण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्