संचारकर्मी गीताले नचाईन ५ अभिनेत्रीलाई एक साथ



रंगखबर, काठमाडौँ- संचारकर्मी गीता अधिकारीको शब्द तथा गायीका सारीका घिमिरेको आवाजमा तीज गीत ‘यतै घमाईलो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संचारकर्मी गीताले ३ वरिष्ट अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेबी र गायीका तथा अभिनेत्री सारीका घिमिरेलाई छम-छमी नचाएकी छिन ।

गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन भने वीरेन्द्र भाट ‘विपिन’को छायाँकन तथा सम्पादन रहेको छ ।

वल्र्ड कभर मिडिया प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार, गीता तामाङको केश सञ्जा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्