भीमफेदि गाइजले लिएर आए ‘चुन सुपारी’ – भिडियो



रंगखबर, काठमाडौँ- पछिल्लो समयका निकै नै चर्चित रहेका भीमफेदी गाइज र जुना सुन्दासको प्रस्तुति रहेको नयाँ गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। ‘चुन सुपारी’ बोलको डान्सिङ नम्बरको उक्त गीतलाई शुक्रबार बुढा शुब्बाको अफिसिय युट्यूब च्यानल मार्फत रिलिज गरिएको हो।

भिडियो हेर्नुस :

गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको गीतमा दिनेश सुबेदिको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। निर्मल लामाको निर्देशन रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माको छायांकन र पवन सुस्लिङको सम्पान रहेको छ। काठमाडौंको उत्तर बाहिनी मन्दिर आसपास खिचिएको गीतको म्युजिक भिडियो र भीमफेदी गाइजको डान्स निकैनै आकर्षक र लोभ लाग्दो देखिएको छ।

यो पनि हेर्नुस :

प्रतिक्रिया दिनुहोस्