लम्जुङ्ग करापुटारमा भब्य तिज गित प्रतियोगिता हुदै



रंगखबर, काठमाडौँ- सुन्दरताको खानी लमजुड.को पर्यटकीय गाउँ करापुटारमा भदौ २८ गते अर्थात हरितालिका तिजको भोलीपल्ट बृहत तिज गित प्रतियोगिताको आयोजना हुने भएको छ । स्थानिय गोमती युवा क्लबले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा लमजुड. आसपासका जिल्लाहरुका प्रतिष्पर्धिहरुले सहभागिता जनाउने क्लबका अध्यक्ष यदु घिमिलेले बताएका छन । बिगत २१ बर्ष देखि निरन्तर रुपमा आयोजना हुदै आईरहेको उक्त प्रतियोगिता लाई यसपटक पनि मध्यनेपाल नगरपालीकाकै निकै सकिृय गोमती युवा कलबले निरन्तरता दिन लागेको हो ।

उक्त प्रतियोगिता मध्यनेपाल नगरपालीकाकै सबै भन्दा ठुलो प्रतियोगिता हुने आयोजकको दाबि छ । त्यस्तै प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.१५००० र प्रमाणपत्र ,दितिय लाई रु.१०००० र प्रमाणपत्र,तेश्रो स्थान हासिल गर्नेलाई रु.७००० नगद राशि सहित प्माणपत्र तथा सान्त्वना,उत्कृष्ट नृत्य,उत्कृष्ट भेषभुषा तथा उत्कृष्ट रचनाकारमा क्रमश रु.४०००,रु.२०००,रु.२००० तोकिएको छ ।

झण्डै एक लाख हाराहारिको खर्च बिबरण निकालिएको उक्त कार्यक्रममा प्रयोजकको रुपमा मध्यनेपाल नगरपालीका,प्रायोजक सहयोगीका रुपमा पुर्व पश्चिम लमजुड. गेष्ट हाउस तथा प्रोपाईटर कृष्ण बराल, रहने छन् । त्यस्तै बैंकिड पार्टनरको रुपमा ग्लोबल आईएमई बैंक रहनेछ । उक्त कार्यक्रममा पुरस्कार सहयोगीहरुमा गगन घिमिरे , संजिव घिमिरे,बिराज गुरुड. लगायतका सामाजिक अभियान्ताहरु रहेका छन् । कार्यक्रमको मिडिया पार्टनरको रुपमा परदेशी न्युज डटकम, समाचारपाटी डट कम र फिल्मिजुम डट कम रहने छन् ।

नैतिकता,ईमान्दारिता र सामाजिकता, गोमती युवा क्लबको प्रतिबद्दता बोलको नारा लिएर सामाजिक तथा सांस्कृतिक पहिचानका लागि बिभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा २०७५सालको तिज गित प्रतियोगिता गर्न लागेको यो कलबले निष्पक्ष रुपमा प्रतियोगीहरुको प्रतिष्पर्धा गराउने लक्ष्य लिएको छ र करिब तिस वटा प्रतिस्पर्धि टिमलाई भिडाउने पनि आयोजकको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्