बिबिसीको लोगोसहित ‘२.०’ फुटेज लिक्ड (भिडियो)



रंगखबर, काठमाडौँ – रजनीकान्त र अक्षय कुमार स्टारर फिल्म ‘२.०’ को गीत छायाँकनको फुटेज लिक्ड भएको छ । एक ट्वीटर प्रयोगकर्ताले लिक गरिदिएको भिडियोमा अभिनेत्री यमी ज्याक्सन र रजनीकान्त देखिएका छन् ।

उक्त फुटेज बिबिसीले प्रशारणको लागि खिचेको थियो । ‘२.०’ को अहिलेसम्म आधिकारिक रुपमा पोस्टर मात्र सार्वजनिक भएका छन् । यो भिडियोबाट दर्शकले यमीको लूक्सबारे थाहा पाउनेछन् । भिडियोबाट ‘२.०’को मेकिङ कसरि भएको थियो भन्ने पत्तो पाउन सकिन्छ ।

 

भारतीय फिल्मको इतिहाँसमै सर्वाधिक बजेटमा निर्माण भएको ‘२.०’ दक्षिण एसियामै बहुप्रतिक्षित छ । फिल्मलाई शंकर शंमुघनले निर्देशन गरेका हुन् । पटक -पटक रिलिज डेट सारिएको फिल्म अब नोभेम्बर २९ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्