तीन दिनमै लगानी सेभ, यस्तो रह्यो ‘स्त्री’को कमाई



रंगखबर, काठमाडौँ – श्रद्धा कपूर र राजकुमार राव स्टारर फिल्म ‘स्त्री’ले बक्सअफिसमा लगानी सेभ गर्दै १४० प्रतिशत बढी नाफा कमाउन सफल भएको छ । लगानीको यो नाफा प्रतिशत जम्मा पाँच दिनको हो ।

पहिलो दिन करीब ७ करोडबाट ओपनिङ गरेको फिल्मको व्यापारमा यसको सकारात्मक समिक्षाले सहयोग गर्यो । राम्रो माउथ पब्लिसिटीले पहिलो विकेन्डको कलेक्सनमा फिल्मले उछाल मार्यो । फलस्वरुप: फिल्मले पहिलो तीन दिनमै लगानी सुरक्षित गरि नाफाको बाटोमा दौडिएको थियो ।

प्रचार र प्रोडक्सन गरि जम्मा २० करोडको बजेटमा निर्माण भएको फिल्मले पाँचौ दिनसम्म घरेलु बक्सअफिसमा ४८.३४ करोड कमाइसकेको छ । २८.३४ करोड नाफा कमाइसकेको फिल्मले प्रतिशतमा १४१.७० को आँकडा पार गरेको छ । फिल्मको दोस्रो विकेन्डको कलेक्सनले यसको लाइफटाइम कमाई अनुमान गर्न सहयोग पुग्नेछ ।

अमर कौसिक निर्देशित फिल्म हहर कमेडी जानरामा निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्