चलचित्र ‘दैलो’ को आइटम गीत ‘लाग्यो मलाई कुतु कुतु’मा पवनको यस्तो डान्स



नयाँ नेपाली चलचित्र दैलोको आइटम गीत सार्वजनिक भएको छ। उक्त चलचित्रको लाग्यो मलाई कुतु कुतु बोलको गीत सार्वजनिक भएको हो। गीतमा दुर्गा साउत को स्वर,विमल भट्टराईको शब्द तथा लक्षु प्रकाश मल्लको संगीत रहेको छ।

गम्भीर बिष्टले कोरियोग्राफ गरेको गीत ”लाग्यो मलाई कुतु कुतु” मा डान्सर पवन पाठकले धमाकेदार नृत्य  गरेकी छन्। धेरैवटा म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेकी पवनले यसै चलचित्रको  गीत मार्फत आइटम गर्लको रुपमा डेब्यु गरेकी हुन्।उनि यसअघि नेपाल टेलिभिजन मार्फत संचालन गरिएको प्रख्यात रियालिटी शो ”छमछमी’  सिजन वानको टप टेन फाइनलिष्ट समेत हुन्।

सुरेस उप्रेतीको निर्देशन तथा मा निर्माण भएको चलचित्र ‘दैलो’ मा सुरेश उप्रेती,दुर्गा साउद,विकाश चापागाई,दीपक डोटेल,मुना प्रसाईं,दिक्षा आचार्य,प्रदिप अधिकारी,सपना श्रेष्ठ, अनु ढुंगाना तथा बाल कलाकार सुयोग उप्रेतीको मुख्य अभिनय रहेको छ।

जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले निर्माण गरेका हुन्।चलचित्र दैलोमा बिमल भट्टराईको छायांकन तथा  तारा थापाको सम्पादन छ।

चलचित्र ”  दैलो” यहि कार्तिक ३० गते बाट देशब्यापी रुपमा प्रदर्शनमा  आउँदैछ।

गीत यो लिंकमा : 

Edit

प्रतिक्रिया दिनुहोस्