‘ठग्स अफ हिन्दोस्तान’मा कट्रिना उर्फ सुरैया जान



रंगखबर, काठमाडौँ – बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले यो सातादेखि प्रत्येक दिन मुख्य कलाकारहरुको क्यारेक्टर मोसन पोस्टर सार्वजनिक गरिरहेको छ । मेगास्टार अमिताभ बच्चनबाट सुरु भएको यो शिलशिला फातिमा सना शेख, जोन क्लाइबहुँदै कट्रिना कैफसम्म आइपुगेको छ ।

अभिनेता आमिर खानले ट्वीट मार्फत कट्रिनाको फस्टलूक्स सार्वजनिक गर्दै कट्रिनाको सुन्दरताको बारेमा तारिफ वर्षाएका छन् । उनि लेख्छन ‘सुरैया जान… सबैभन्दा सुन्दरी ठग । धूम ३ कै बेला यिनलाई मन दिएको थिए । तर, भन्ने हिम्मत कहिले भएन । यदि कसैले उनलाई भनिदिए एकदमै दया हुने थियो ।’

 

कट्रिना फिल्ममा सुरैया जानको भूमिकामा छिन् । पोस्टरमा उनको ग्ल्यामरलाई फोकस्ड गरिएको छ । भने,ब्याकग्राउण्डमा अरेबियन म्युजिक बजेको छ । यसबाट फिल्ममा कट्रिना बेली डान्सरको रुपमा हुन् सक्ने अनुमान लगाउन सकिन्छ ।

विजय कृष्ण आचार्य निर्देशित फिल्मबाट अब आमिरको लूक्स बाहिरिन बाँकी छ । आशा गरौँ शनिबार आमिरलाई नयाँ अवतारमा देख्न पाइनेछ । ‘ठग्स अफ हिन्दोस्तान’ फिलिप मेडोज टेलरको ‘कन्फेसन अफ अ ठग’ उपन्यासमा आधारित छ । भारी बजेटमा निर्माण भएको फिल्म यहिँ दिवालीमा रिलिज हुँदैछ ।

‘ठग्स अफ हिन्दोस्तान’मा मेघास्टार अमिताभको विचित्र हुलिया

प्रतिक्रिया दिनुहोस्