‘स्त्री’को नाफा प्रतिशत, बलिउडकै सर्वाधिक



रंगखबर, काठमाडौँ – अगस्ट ३१ मा रिलिज भएको बलिउड फिल्म ‘स्त्री’, घरेलु बक्सअफिसमा सर्वाधिक नाफा कमाउने फिल्म बनेको छ । चौंथो सातामा प्रदर्शनरत फिल्मले अझैपनि कमालको कमाई गरिरहेको छ ।

प्रदर्शनको २२ औँ दिनसम्म ११४.१८ करोड व्यापार गरिसकेको फिल्मको नाफा मात्र ४ सय ७१ प्रतिशत छ । यो वर्ष बलिउडमा प्रदर्शित फिल्म मध्ये यो नै सर्वाधिक नाफा प्रतिशत हो । दोस्रो नम्बरमा ३ सय ५३ नाफा प्रतिशतका साथ ‘सोनु के टिटु कि स्विटी’ छ । भने तेस्रोमा वर्षकै सर्वाधिक कमाई गर्ने ‘सन्जु’ छ । लगानीलाई कटाएर ‘सन्जु’ले ३ सय २७ प्रतिशत नाफा कमाएको थियो ।

कम बजेटको ‘स्त्री’ले बक्सअफिसमा ६० देखि ७० करोड बीच कमाई गर्ने अनुमान गरिएको थियो । तर, बलियो ‘वर्ड अफ माउथ’ले फिल्मलाई लामो रेसमा दौडाउन सफल भयो । जम्मा २० करोड बजेटमा निर्मित फिल्मले लगानी कटाएर ९४ करोड भन्दा बढी नाफा कमाइसकेको छ ।

श्रद्दा कपूर र राजकुमार राव स्टारर फिल्मले लाइफटाइम १ सय ३० करोड माथि कमाउन सक्ने अनुमान गरिएको छ । यदि त्यसो भएमा यसको नाफा प्रतिशत ५ सय माथि सजिलै पुग्नेछ ।

सिसियल हरर कमेडी फिल्मलाई अमर कौसिकले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्