यस्तो छ ‘ठग्स अफ हिन्दोस्तान’मा आमिरको अवतार



रंगखबर, काठमाडौँ – बलिउडको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’बाट आमिर खानको अवतार सार्वजनिक भएको छ । अघिल्लो सातादेखि फिल्मका मुख्य कलाकारको क्यारेक्टर मोसन पोस्टर दिनहु जस्तो सार्वजनिक भैरहेका थिए । आमिर खानको प्रतिक्षित लूक्स भने २ दिनको अन्तरालमा सार्वजनिक गरिएको छ ।

बलिउडकै सर्वाधिक महँगो फिल्ममा आमिरको केन्द्रीय भूमिका छ । आमिरले ट्वीट मार्फत फर्स्टलुक शेयर गर्दै भूमिका र पात्र स्वभावका बारेमा प्रस्ट्याएका छन् । उनि लेख्छन ‘र यो म हुँ, फिरंगी मल्लाह । म भन्दा ठुलो उच्च विचारको मान्छे तपाई दुनियाँमै भेट्न सक्न्नु हुन्न । सच्चाई मेरो दोस्रो नाम हो भने भरोसा मेरो काम । दिदि कसम ।’

 

दिवालीमा रिलिज हुने फिल्ममा आमिरसँगै अमिताभ बच्चन, कट्रिना कैफ, फातिमा सना शेख, जोन क्लाइब जस्ता कलाकारको अभिनय छ । विजय कृष्ण आचार्य निर्देशित फिल्म फिलिप मेडोज टेलरको ‘कन्फेसन अफ अ ठग’ उपन्यासमा आधारित छ ।

https://youtu.be/AZV-eABPWNo

प्रतिक्रिया दिनुहोस्