‘ठग्स अफ हिन्दोस्तान’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – बहुप्रतिक्षित बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को ट्रेलर रिलिज छ । ठुलो क्यानभासमा खिचिएको फिल्म बलिउडकै महँगो हो । त्यसैले ट्रेलरमा भयानक दृश्यहरु प्रस्तुत गरिएका छन् ।

मेगास्टार अमिताभ बच्चनका साथ आमिर खान, कट्रिना कैफ, फातिमा सना शेख, जोन क्लाइबजस्ता कलाकारले अभिनय गरेको फिल्म दिवालीमा रिलिज हुँदैछ । ट्रेलर रिलिज अगाडी सार्वजनिक गरिएका मोसन पोस्टरबाट फिल्मले अत्याधिक हाइप बटुलेको थियो । फिलिप मेडोज टेलरको ‘कन्फेसन अफ अ ठग’ उपन्यासमा आधारित फिल्मले बलिउड बक्सअफिसका थुप्रै रेकर्डहरु तोड्ने अनुमान गरिएको छ ।

फिल्मलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् । फिल्ममा अमिताभले खुदाबक्षको भूमिका निर्वाह गरेका छन् । त्यस्तै आमिर खान ‘फिरंगी मल्लाह’ र कट्रिना ‘सुरैया जान’को भूमिकामा छिन् ।

प्रतिक्रिया दिनुहोस्