कपूर खानदान शोकमा, रहिननन् कृष्णा



रंगखबर, काठमाडौँ – बलिउडको कपूर खानदानमा ठुलो क्षति पुगेको छ । स्वर्गीय अभिनेता राज कपूरकी पत्नी कृष्णा राज कपूरको सोमबार विहान निधन भएको छ ।

राज कपूरको निधन भएको ३० वर्ष पछि कृष्णाले ८७ वर्षको उमेर संसार छोडिन । कृष्णालाई गत अगस्तमा मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । बीचमा घर आएकी कृष्णालाई पुन: केहि दिन अगाडी स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएको थियो । उनको निधनको कारण हृदयघात बताइएको छ ।

सोमबार कृष्णा निधनको खबर बाहिरिए पछि बलिउड शोकमा डुबेको छ । खबर बाहिरिए लगतै बलिउडकर्मीहरुले सामाजिक संजालमा श्रद्दान्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्