‘पद्मावत’देखि ‘जिरो’सम्म, वर्षका महँगा फिल्म



रंगखबर, काठमाडौँ – यो वर्ष बलिउडमा अत्याधिक मात्रामा बिग बजेट फिल्म निर्माण भएका छन् । र बिग बजेटका फिल्मका कुरा गर्दा हिट फिल्म ‘पद्मावत’लाई भुल्न सकिदैन ।

भारतीय बक्सअफिसमा ३ सय करोड माथिको नेट कलेक्सन गरेको फिल्म २ सय १५ करोडको बजेटमा निर्माण भएको थियो । यो निर्देशक संजयलीला भन्साली, अभिनेता रणवीर सिंह, साहिद कपूर र अभिनेत्री दीपिका पादुकोणको करिअरकै महँगो फिल्म हो । यहाँसम्म कि अहिलेसम्म रिलिज भएका बलिउड फिल्म मध्ये, ‘पद्मावत’नै महँगो बजेटमा निर्माण भएको फिल्म हो ।

त्यस्तै सलमान खानको ‘रेस ३’ पनि यो वर्षको महँगो फिल्ममा पर्छ । भारतीय बक्सअफिसमा १ सय ७० करोड आसपास कमाएको फिल्म १ सय ५० करोडको बजेटमा निर्माण भएको हो । यो वर्षको नोभेम्बरमा रिलिज हुने ‘ठग्स अफ हिन्दोस्तान’ले रिलिज पश्चात ‘पद्मावत’को रेकर्डलाई तोड्ने छ । रिलिज हुँदासम्म फिल्मको बजेट २ सय ५० करोड नाघ्ने अनुमान गरिएको छ ।

भारतीय फिल्मको इतिहाँसमा सर्वाधिक महँगो फिल्म बनेर आउँदैछ, रजनिकान्तको ‘२.०’ । नोभेम्बरमै रिलिज हुने ‘२.०’को बजेट ५ सय ४० करोड देखि ५ सय ५० करोडबीच हुनेछ, (रिलिज हुँदासम्म) ।

यी सँगै शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जिरो’ पनि यो वर्षको सर्वाधिक महँगो फिल्मको सुचीमा परेको छ । शाहरुखको करिअरकै सर्वाधिक महँगो लागतमा निर्माण भएको फिल्मको बजेट २ सय करोड छ । फिल्मका हेवी स्टारकास्ट, भिएफएक्स, लामो सेड्युलको छायाँकनलगायतले गर्दा बजेटले आकास छोएको हो ।

प्रतिक्रिया दिनुहोस्