परिवारसँग दशैँ मनाउन नपाउँदा परदेशीको यस्तो पिडा



रंगखबर, काठमाडौँ – परदेशीले परिवारसँग दशैँ मनाउन नपाउँदाको पिडालाई समेटेर ‘ज्यान यो परदेशी’ बोलको गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार विशाल निरौलाले दशैँ विशेष गीत युट्युबमा सार्वजनिक गरेका हुन् ।

गीतमा विशालकै शब्द, संगीत र स्वर रहेको छ । प्रशान्त पौडेल निर्देशन गरेको गीतको भिडियोमा बिमल अधिकारी, ओबी रायमाझी, रश्मि भट्ट, मधु आचार्य, विशाल निरौला, जुना गुरुङ र बेबो आचार्यले अभिनय गरेका छन् । दुर्गा पौडेलले खिचेको भिडियोका सम्पादक विष्णु शर्मा हुन् ।

https://youtu.be/-6YCwA6e5WE

प्रतिक्रिया दिनुहोस्