बधाई हो – आयुषमानका ब्याक- टु- ब्याक हिट



रंगखबर, काठमाडौँ – बलिउड अभिनेता आयुषमान खुरानाका फिल्मले बक्सअफिसमा बम्पर व्यापार नगरेपनि समिक्षक र दर्शकबाट वाहवाही बटुल्छन ।

सन् २०१२ को डेब्यु फिल्म ‘विक्की डोनर’ होस् या अहिले प्रदर्शनरत ‘बधाई हो’, यीसँगै अन्य फिल्मलाई पनि दर्शकले गाली गरेनन् । आयुषमानले अभिनय गरेका फिल्मलाई हेरेर, उनलाई जुनियर आमिर खानको उपमा दिन थालिएको छ ।

सय करोड क्लबमा पुग्न नसकेपनि उनका ७० प्रतिशत फिल्मले निर्माता डुबाएका छैनन् । अहिलेसम्म रिलिज भएका १० फिल्म मध्ये ३ सुपरहिट, ४ हिट र ३ फ्लप छन् । पछिल्लो दुई वर्षमा रिलिज भएका ५ मध्ये २ सुपरहिट, २ हिट र १ फ्लपको खातामा सुचिकृत भएका छन् ।

‘बधाई हो’को रेकर्ड

दशैँमा प्रदर्शनमा आएको ‘बधाई हो’ले बक्सअफिसमा कमालको व्यापार गरिरहेको छ । २० करोडमा निर्माण भएको फिल्मले पहिलो साता घरेलु बक्सअफिसमा ६६.१० करोड कलेक्सन गर्न सफल भएको छ । जुन कलेक्सन आयुषमान अभिनित फिल्म मध्येको सर्वाधिक हो ।

आयुषमानको करिअरमा सर्वाधिक कमाईको रेकर्ड, दुई साता अगाडी प्रदर्शित ‘अन्धाधुन’ले राखेको थियो । जसको घरेलु कलेक्सन ६० करोड मार्क थियो । उक्त रेकर्डलाई ‘बधाई हो’ले पहिलो सातामै तोडीदिएको छ ।

प्रतिक्रिया दिनुहोस्