भारत : लिक भयो सलमानको पोस्टर



रंगखबर, काठमाडौँ – औपचारिक घोषणा भए देखि नै बलिउडमा चर्चाको शिखर चुमेको फिल्म ‘भारत’को बारे दिनहुँ जस्तो कुनै न कुनै समाचारहरु आई नै रहने गर्दछ। यस अघि फिल्मका मुख्य कलाकार कट्रिना कैफको फिल्ममा समावेश फोटो सामाजिक संजालमा भाईरल बनेको थियो । अब भने सोहि फिल्मबाट सालमान खानको तस्बिर लिक भएको छ । जसमा उनि दुई फरक अवतारमा देखा परेका छन । एक तस्बिरमा उनि स्लीव्ड ज्याकेटमा बाइसेप्स देखाउदै छन भने अर्कोमा ७० दशकको लुकमा प्रस्तुत भएका छन ।

हाल ‘भारत’कै काममा ब्यस्त बनेका सलमानको उक्त फिल्मलाई लिएर दर्शकहरु निकै उत्साहित पनि भैरहेका छन । फिल्म  आगामी जुनमा प्रदर्शनको तयारीमा छ ।

एजेन्सी :

 

प्रतिक्रिया दिनुहोस्