जय देबकोटाको तिहार गित सार्वजनिक – भिडियो



रंगखबर, काठमाडौँ – नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो बेगल पहिचानका साथ अघि बढीरहेका गायक जय देवकोटाको तिहार देउसी गित बजारमा आएको छ । केहि नयाँ गरौ भन्ने सोचका साथ आफ्ना सिर्जनाहरु बहिर ल्याउने गरेका देवकोटाले यसपटक पनि यसको निरन्तरता दिएका हुन । देउसी भैले र रमाईलो कुरा मात्रै होईन , उनले आफ्नो गितमा दाजु भाई नहुने दीदी बहिनी र दीदी बहिनी नहुने दाजभाईको पिडालाई गितमार्फत पोखेका छन् ।

 

युटुबमा सार्वजानिक भएको छोटो समयमानै दर्शकले उक्त गितलाई अत्याधिक रुचाएका छन भने दर्शकको सकारात्मक प्रतिकृयाले देवकोटा दंग छन् ।‘मान्छेको मन ‘ नाम दिईएको उक्त गितमा जय देवकोटाको संगित तथा स्वर रहेको छ भने उनलाई टिका पुन र पुर्णकला बिसीले पनि स्वरमा साथ दिएका छन् ।

 

बिष्णु जंग शाहको शब्द रहेको उक्त गितको भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेकी हुन् । गितको भिडियोमा कलाकारलाई कम्मर मर्काउन सिकाउने काममा बबिता संगै राजेश घिमिरेले पनि सहयोग गरेका छन् ।भिडियोमा जय देबकोटा, रिना थापा,रुविना अधिकारी,एलिना रायमाझी लगायतका कलाकारहरु देखिएका छन् ।

भिडियो-

https://www.youtube.com/watch?v=7SeYF4tcZ1s

प्रतिक्रिया दिनुहोस्