रंगखबर, काठमाडौँ – हिन्दी फिल्म ‘२.०’ को ट्रेलर रिलिज भएको छ । रजनिकान्त र अक्षय कुमार स्टारर फिल्मको ट्रेलर दिलचस्प बनेको छ । हिन्दी फिल्मको इतिहाँसमा सर्वाधिक लागत लागेको फिल्मको ट्रेलर ४ घण्टा लामो प्रेसमिट पश्चात रिलिज गरिएको हो ।
ट्रेलर लन्च प्रेसमिटमा फिल्मका सम्पूर्ण सदस्यले ‘२.०’को बारेमा बोलेका थिए । शंकर शंमुगम निर्देशित फिल्म नोभेम्बर २९ मा रिलिज हुँदैछ ।