भन्सालीको फिल्ममा शाहरुख र सलमानको लिड रोल ?



रंगखबर, काठमाडौँ – शाहरुख खान र सलमान खानले बलिउडका केहि फिल्ममा सँगै काम गरे । अहिलेका लिडिङ अभिनेताका फिल्मले बक्स अफिसमा समेत राम्रो प्रदर्शन गरे ।

सन् २००२ को ‘हम तुम्हारे हे सनम’ फिल्मका लिड रोल निभाएका शाहरुख र सलमान पुन: सँगै देखिने हल्लाले अहिले बलिउड गर्माएको छ । १९९५ को ‘करण अर्जुन’ र १९९८ ‘कुछ कुछ होता हे’ पनि बक्सअफिसमा हिट भए । यी तिनै फिल्ममा दुवै अभिनेता केमेस्ट्री अत्याधिक रुचाइएको थियो ।

लामो समयको अन्तराल पछि संजयलीला भन्सालीको आगामी फिल्ममा शाहरुख र सलमान हुन् सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । संजयको नजिकको स्रोतले बताए अनुसार फिल्म ‘सौदागर’ जस्तो स्क्रिप्टमा यी दुई अभिनेता देखिन सक्छन । संजयले अहिले फिल्मको ड्राफ्ट तयार गरिरहेका छन् । ड्राफ्ट सकिए लगतै फिल्मको कास्टिङ सुरु हुने बताइएको छ । उक्त फिल्मको कन्सेप्ट ‘सौदागर’सँग मेल खान जान्छ ।

फिल्ममा दुवै अभिनेताको लिड रोल हुनेछ । दोस्तीको कथा रहने फिल्म अन्तिममा गएर दुस्मनीमा परिणत हुन्छ । शाहरुख र सलमानको कस्टिङलाई लिएर निर्देशक भन्सालीबाट आधिकारिक सुचना बाहिरिएको छैन । जुन फिल्मको ड्राफ्ट सकिन ९ महिना लाग्नेछ ।

यदि भन्सालीले शाहरुख र सलमानलाई अप्रोच गरे भने, दुवै अभिनेतालाई फिल्म खेल्न कुनै आपत्ति हुने छैन । डिसेम्बरमा रिलिज हुने शाहरुखको ‘जिरो’मा सलमानले केमियो भूमिका निर्वाह गरेका छन् । त्यस्तै २०१७ मा रिलिज भएको सलमानको ‘ट्युबलाइट’मा शाहरुखको केमियो थियो ।

भन्सालीका ४ फिल्ममा शाहरुख र सलमान

बलिउडका भेट्रान निर्देशक भन्सालीका ४ फिल्ममा सलमान र शाहरुखले अभिनय गरिसकेका छन् । निर्देशकीय डेब्यु ‘खामोशी- द म्युजिकल’मा भन्सालीले सलमानलाई लिएका थिए । त्यसपश्चातको ‘हम दिल दे चुके सनम’मा पनि सलमानले लिड रोल निभाए । तेस्रो फिल्म ‘देवदास’मा भने शाहरुखले इन्ट्री मारे । यी तीनै फिल्म सलमान र शाहरुखको करिअरका विशेष हुन् ।

त्यस्तै आफ्नो पाँचौ निर्देशन ‘सावरिया’मा पनि सलमानले अभिनय गरेका थिए । जुन, फिल्मको लिडमा भने रनवीर कपूर थिए । बक्सअफिसमा असफल भए पनि ‘सावरिया’ सलमानको करिअरको अर्को राम्रो फिल्ममा पर्छ ।

प्रतिक्रिया दिनुहोस्