के ‘दाल भात तरकारी’बाट पाउँलिन आँचलले जस ?



रंगखबर, काठमाडौँ –  ‘नाई नभन्नु ल’को चौथो शृंखलाबाट नेपाली सिने नगरीमा पाईला राखेकी नायीका हुन् आँचल शर्मा । उक्त फिल्ममा सह-अभिनेत्रीको भूमिकामा देखिए पनि सोहि फिल्मले उनलाई दर्शक माझ चर्चित बनाएको थियो । पल शाहको अपोजिट देखिएकी उनलाई दर्शकले सोहि फिल्मबाट पलसँग जोडीको रुपमा पनि रुचाएका थिए । पुन: यो  जोडी अर्को फिल्म ‘जोनी जेन्टलम्यान’मा मुख्य भूमिकामा देखा परे तर दर्शकले फिल्मलाई भने खासै चासो दिएका थिएनन । पछि मह-संचारले निर्माण गरेको फिल्म सत्रु गतेमा आँचल र पल पुन: एक चोटी एक साथ देखा परेका थिए जुन फिल्मले भने बक्स अफिसमा राम्रो कमाल गरेको थियो । मल्टीस्टारर त्यो पनि मह जोडीको मुख्य भूमिका भएकाले फिल्म हिट हुनुमा पल र आँचलको खासै देन भने देखिएको थिएन । गत भदौमा प्रदर्शनमा आएको फिल्म ब्याकमा उनै आँचल नायक आकाश श्रेष्ठसँग देखिईन जुन फिल्मलाई त् दर्शकले ठाडै अस्विकार गरिदिएका थिए ।

अब भने आँचल शर्माले पुन: बिग ब्यानरको फिल्ममा काम गर्ने मौका पाएकी छिन । मह-संचारकै प्रस्तुत तथा किरण केसीको लगानीमा बन्न लागेको अर्को फिल्म ‘दाल भात तरकारी’मा आँचलको इन्ट्री भएको छ । उक्त भूमिकाका लाई पहिले स्वस्तिमा खड्का फाईनल भए पनि  आफ्नो भूमिका दमदार नभएको भन्दै फिल्म नखेल्ने भन्दै उनले उक्त फिल्म छोडेको चर्चा अहिले सिने नगरीमा छ । यता आँचलको तर्क भने स्वस्तिमाको भन्दा ट्याक्कै उल्टो छ उनि भन्छिन ‘ फिल्मको मुख्य पात्र नै म भएकाले उक्त फिल्म खेलेको हो ।’ स्मरण रहोस आँचलले सत्रु गते रिलिजताका अब देखि मल्टी स्टारर फिल्ममा काम नगर्ने समेत भनेकी थिईन जबकि ‘दाल भात तरकारी’मा यस भन्दा अघि प्रियंका, पुष्पल र वर्षा राउत फाईनल भै सकेका छन ।

अब हेर्न यो बाँकी छ कि ‘ब्याक’बाट आँचलको पोल्टोमा परेको फ्लपको ट्याग ‘दाल भात तरकारी’बाट हटाउँछिन कि पुन: असफल हुन्छिन ।

प्रतिक्रिया दिनुहोस्