सारा र सुशान्तको प्रेम यात्रामा केदारनाथको ट्रेलर- भिडियो



रंगखबर, काठमाडौँ- सुशान्त सिंह राजपूत र सारा अली खान अभिनित फिल्म  केदारनाथको टिजर रिलिज पश्चात निकै हाइप बढेको थियो। दुई भिन्न पात्र बिचको लव सागा चर्चाको बिषय बन्यो। जस पश्चात ट्रेलर को व्यग्रताका साथ पर्खाईमा थिए , दर्शक। सोमबार केदारनाथ को ट्रेलर रिलिज गरियो। ४ मिनेट लामो क्लिप मा सुशान्त र साराको अनन्त माया चित्रण गरिएको छ।

ट्रेलर हेर्नुस:

मुस्लिम केटा र हिन्दु पर्यटक बिचको माया अनि बिछोड को यो कहानी लाई निर्देशक अभिषेक कपूर ले बखुबी चित्रण गरेका छन्। सारा र सुशान्तको केमेस्ट्री रियल देखिन्छ। यो निस्वार्थ मायाको वियोगमा प्रकृतिको क्रुरता लाई समेटिएको छ। उनीहरुको फ्रेश जोडी दर्शकको रोजाई मा पर्ने देखिन्छ।  फिल्म डिसेम्बर ७ मा प्रदर्शनमा आउदैछ।

 

प्रतिक्रिया दिनुहोस्