आफ्नै विवाहमा यसरी नाचे रणवीर-दीपिका, भिडियो बन्यो भाइरल (भिडियो सहित)



एजेन्सी – अहिले बलिउडमा निकै चर्चामा आएका जोडि हुन् दीपिका पादुकोण र रणवीर सिंह। चर्चित स्टार जोडि दीपिका पादुकोण र रणवीर सिंह अन्तत विवाह बन्धनमा बाँधिएका छन् । रणवीर सिंह र दीपिका पादुकोणको विवाहको पहिलो भिडियो सार्वजनिक भएको छ । आज फेरी यो जोडीले दोस्रो पटक बिहे गदैछन् । यी दुईले  कोंकणी रितिरिवाज पश्चात् आज  सिन्धी रितिरिवाजमा फेरि विवाह गर्नेछन् । जोडिको बिबाह इटलीको लेक कोमोमा कोंकणी परम्परा अनुसार उनीहरुले १४ नोभेम्बरमा विवाह गरेका हुन्।सुन्दर जोडी दीपिका पादुकोण र रणवीर सिंहले कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा लगनगाँठो बाँधेका हुन् ।

दुईको विवाहमा केही चुनिएका आफन्तजन र मित्रहरु मात्र सहभागी थिए ।भारतीय संचारामाध्यमका अनुसार दीपिका–रणवीरको विवाहमा शाहरुख खान, फराह खान र संजयलीला भंसाली र आदित्य चोपडा सहभागी भएका थिए। विवाहको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियो हेर्नुस :

https://www.youtube.com/watch?v=WIpcN8P5sNU

प्रतिक्रिया दिनुहोस्