कफी विथ करणमा जान डराईन श्रद्धा कपूर 



रंगखबर, काठमाडौँ-  अभिनेत्री श्रद्धा कपूरले टल्क सो कफी विथ करण मा जान अस्विकार गरेकी छिन । बलिउड मिडियाका अनुसार आफ्नो सिक्रेट खुल्ने डरले उनि उक्त सोमा जानलाई स्वीकार गरेकी जानकारी प्राप्त भएको छ । करण जोहरको च्याट सो कफी विथ करणको अहिले छैठौ सिजन चलिरहेको छ । सो मा प्राय सेलिब्रेटीहरु आफ्नो गोप्य कुराहरुलाई खोल्न कै लागि भए पनि जाने गर्छन ।
प्राप्त जानकारी अनुसार  आफ्नो गोप्य कुराहरुलाई करनले खोल्ने भएकाले उनि उक्त सो मा नगेकी हुन् ।

स्मरण रहोसकि गत वर्ष श्रद्धा र फरहान अख्तरको अफ एयरको कुराले बलिउड तातेको पनि थियो । फरहानले त् यहि कारणले आफ्नी श्रीमतीलाई डिभोर्स पनि दिएको हल्ला बलिउडमा छ । बलिउड मिडियाले दिएको जानकारी अनुसार श्रद्धा फरहानको घरमा समेत बस्ने गरेकी थिईन । श्रद्धाको फरहानसँग मात्र होईन यस अघि आदित्य रोय कपूरसँग पनि नाम जोडी सकेको छ ।

प्रतिक्रिया दिनुहोस्