१२ बर्ष पछि संचिन रौनियारको ‘ए मान्छे’ सार्वजनिक



रंगखबर, काठमाडौँ- आधुनिक गीतका सफल गायक सचिन रौनियार झन्डै १२ वर्षपछी “ए मान्छे’”बोलको गीतका साथ् कमब्याक गरेका छन् । डेढ दशक अगाडीको गीतसंगीतमा सुनिने र गुन्जिने नाम भएता पनि झन्डै १२ वर्षभने उनि नयाँ गीत संगीतका साथ् प्रस्तुत भएनन् । डिजिटल युगको पहिलो गीत बताउने सचिनले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेका हुन् । मनोरंजनसँगै अनेकतामा एकताको संदेश समेत दिने गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन् भने यसमा जितेन लेप्चाको संगीत रहेको छ ।
उक्त गीतमा  सचिनसँगै संजय श्रेष्ठ , बबिन , भिम तुलाधर लगायत पनि देखिएका छन् ।

सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकतालाई प्रस्ट्याईएको छ । ’मनमगन’ पछी यसको किसिमको भिडियो निर्देशन गरेको बताउने सुव्रतले निर्माणको क्रममा कुनै सम्झौता नगरेको बताएका छन् । भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफ गरेका छन् भने यसलाई उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन् । यसमा सम्पादन , भीएफएक्स र डीआइ भरत रेग्मीको रहेको छ ।

Photo : Jayhos.com

प्रतिक्रिया दिनुहोस्