२.O बक्सअफिस: पहिलो दिन ७० करोड माथि नेट



रंगखबर, काठमाडौँ – रजनिकान्त र अक्षय कुमार स्टारर फिल्म ‘२.O’ले पहिलो दिन घरेलु बक्सअफिसमा उत्साहजनक कलेक्सन गर्न सफल भएको छ ।

शंकर निर्देशित तामिल साइन्स फिक्सनले पहिलो दिन ७० करोड माथिको कारोबार गरेको भारतीय मिडियाहरुले लेखेका छन् । हिन्दी, तामिल, तलेगु र मलयालम भर्सनमा रिलिज भएको फिल्मको, पहिलो दिनको कमाई भने सोचेजस्तो भएन । ट्रेडले ९० देखि १०० करोडको बीच ओपनिङ हुने अनुमान गरेका थिए ।

‘नन-होलिडे’ विहिबारै रिलिज भएको फिल्मको कलेक्सनलाई भने ट्रेडले राम्रो भनेको छ । बलियो ‘वर्ड अफ माउथ’ले फिल्मले कलेक्सन बढ्ने अनुमान छ । फिल्मले हिन्दी भर्सनमा मात्रै २०.२५ करोड कमाएको छ । त्यस्तै ५० करोड बढी कलेक्सन तामिल, तलेगु र मलयालम (अनुमानित) छ ।

घरेलु बक्सअफिसमा पहिलो दिन सर्वाधिक कलेक्सनको रेकर्ड ‘बाहुबली २’को नाममा छ । ‘बाहुबली २’ले ४ ओटै भर्सनमा १ सय २१ करोड नेट कलेक्सन गर्न सफल भएको थियो । जसको हिन्दी भर्सन कलेक्सन मात्रै ४१ करोड थियो । त्यस्तै ८ नोभेम्बरमा रिलिज भएको ‘ठग्स अफ हिन्दोस्तान’ले अल भर्सनमा ५२ करोड कलेक्सन गरेको थियो ।

हेवी भिएफएक्स प्रयोग गरिएको ‘२.O’ ५ सय करोड माथिको बजेटमा निर्माण भएको हो । यसको हिन्दी भर्सनलाई ८० करोड भारुमा खरिद गरिएको हो । भने, जी टिभी नेटवर्कले स्याटेलाइट राइट १ सय १० करोडमा भित्र्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्