पोस्टरमा अनमोलको ‘क्याप्टेन’



रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’का दुई अफिसियल पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक पोस्टरमा अनमोलसँगै अभिनेताद्वय सुनिल थापा र प्रशान्त ताम्राकार पनि फिचर छन् ।

राष्ट्रियस्तरको खेलाडीका लागि एक गाउँले युवकले गरेको संघर्षको कथा फिल्मले वाचन गर्छ । अनमोल फिल्ममा फुटबल खेलाडीको भूमिकामा छन् ।

दीवाकर भट्टराई निर्देशित फिल्ममा सरोज खनाल, राजाराम पौडेल, विल्सनबिक्रम राई, उपासना सिंह ठकुरी र प्रियंका एमभीको पनि अभिनय छ । प्रियंका र उपासनाका लागि यो डेब्यु फिल्म हो । उनिहरु अनमोलको अपोजिट रहेको निर्माण पक्षले बताएको छ ।

फिल्मको निर्माणमा भुवन केसी, कथामा सामिप्यराज तिमिल्सिना, द्वन्दमा चन्द्र पन्त, संगीतमा अर्जुन पोखरेल र सम्पादनमा दिर्घ खड्का छन् । फागुन १७ मा रिलिज हुने फिल्मको छायाँकन पाटो सुदीप बराल र नवराज उप्रेतीले सम्हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्