गाइप्रेमी विपिन, ‘गोपी’ फर्स्टलुक



रंगखबर, काठमाडौँ – विपिन कार्की अभिनयका खानी नै हुन् । दर्शकले अहिलेसम्म उनलाई फरक भूमिका र अभिनयमा हेर्न  पाइरहेका छन् । प्रदर्शनरत ‘प्रसाद’बाट पनि विपिनले सर्वाधिक तारिफ बटुले ।

बुधबार उनि अभिनित नयाँ फिल्मको फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । जहाँ विपिन हाइलाइट छन् । उनलाई यहाँ पनि फरक अवतार र भूमिकामा देख्न सकिन्छ । निर्देशक दीपेन्द्र लामाका अनुसार उनि फिल्म भित्र गाइ पाल्ने किसानको भूमिकामा छन् ।

त्यसैले त फिल्मका प्राय: पोस्टरमा विपिन र गाइ-बाच्छालाई स्थान दिइएको । विपिनसँगै एक पोस्टरमा अभिनेत्रीद्वय वर्षा राउत र सुरक्षा पन्तले पनि स्थान पाएकी छन् । फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतका कलाकारको पनि अभिनय छ ।

आगामी माघ १८ मा रिलिज हुने फिल्मलाई आरोही केसीले निर्माण गरेकी हुन् । श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा सामिप्यराज तिमिल्सिनाको पटकथा छ ।

प्रतिक्रिया दिनुहोस्