कपिल शर्मा र गिन्नीको विवाह सम्पन्न



रंगखबर, काठमाडौँ – भारतीय हास्यकलाकार कपिल शर्मा विवाह बन्धनमा बाँधिएका छन् । डिसेम्बर १२ मा प्रेमिका गिन्नी चथरतसँग विवाह गरेका कपिलले सामजिक संजालमा विवाहको फोटो सार्वजनिक गरेका छन् ।

कपिलले पंजावस्थित जालंधरमा विवाह गरेका हुन् । विवाह पश्चात कपिलले फोटो र भिडियो लगातार सामाजिक संजालबाट सार्वजनिक गरिरहेका छन् । कपिल र गिन्नी लामो समयदेखि प्रेममा थिए । विवाह अगाडी उनीहरुको प्रेम मिडियामा सार्वजनिक भैसकेको थियो ।

 

 

View this post on Instagram

 

?

A post shared by Kapil Sharma (@kapilsharma) on

उनको विवाहमा परिवार, आफन्त र नजिकका साथिहरुलाई मात्र निम्त्याइएको थियो । डिसेम्बर १४ तारिखका दिन अमृतसरमा कपिलले ग्राण्ड रिसेप्सन पार्टी दिँदैछन् । त्यस्तै डिसेम्बरमा २४ मुम्बईमै दोस्रो रिसेप्सन आयोजना गरिनेछ । जहाँ बलिउड सेलेब्रेटीलाई निम्त्याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्