नेपाल अगावै म्यानमार र थाइल्याण्डमा ‘सयकडा दश’



रंगखबर, काठमाडौँ – नेपाल रिलिज अगावै फिल्म ‘सयकडा दश’ थाइल्याण्ड र म्यानमारमा प्रदर्शन हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०१९ को छेकोमा थाइ नेपाली संघले थाइल्याण्डमा फिल्मको रेड कार्पेट प्रिमियर गर्नेछ ।

संघका अध्यक्ष एवं अभिनेता कुमार कार्कीले बताएनुसार म्यानमारमा पनि फिल्म देखाइने छ । म्यानमार नेपाली भाषी बाहुल्य देश हो । जुन नेपाली फिल्मको लागि ठुलो बजार मानिन्छ ।

निर्देशक रामशरण पाठकले दुई देशको प्रदर्शन पश्चात माघ १८ को नेपाल प्रदर्शनको लागि तयारी गरिने बताए । फिल्ममा समावेश ‘दाईलाई कुरा लाइदिनी’ बोलको गीत अहिले हिट छ । फिल्ममा मनोज गजुरेल, अमृत ढुंगाना, राजाराम पौडेल, करुणा श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

‘सयकडा दश’ अगाडी निर्देशक पाठक हिट फिल्म ‘प्रेमगीत २’ निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्