‘द म्यान फ्रम काठमाडौँ’ टिजर रिलिज



रंगखबर, काठमाडौँ – नेपाली भाषाको हलिउड फिल्म ‘द म्यान फ्रम काठमाडौँ’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा एक्सनका दृश्यलाई प्राथमिकता दिइएको छ । यसअघि नेपाली र अंग्रेजी भाषामा फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । निर्माण पक्ष छिट्टै नै फिल्मको रिलिज घोषणा गर्दैछ ।

फिल्मलाई हलिउड बेस्ड डाइरेक्टर पेमा धोन्दुपले निर्देशन गरेका हुन् । सन् २००४ मा पेमाको फिल्म ‘वी आर नो मोङ्क’ प्रदर्शनमा आएको थियो । टिजरमा नेपालीसँगै बलिउड र हलिउडका कलाकार प्रस्तुत छन् ।

फिल्ममा निर शाह, आना शर्मा, गुलसन ग्रोभर, परमिता राज्य लक्ष्मी राणा, जोज मुनेइल, हमीद शेख, कर्मा, शिशिर बांग्देल, आमिर गौतम, मिथिला शर्मालगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्