दीपशिखाले मिस गरिन मौसमलाई



रंगखबर, काठमाडौँ – फिल्म ‘प्रेमलीला’को दोस्रो गीत सार्वजनिक गरिएको छ । यसआघि हिन्दी भर्सन गीत सार्वजनिक गरिसकेको निर्माण पक्षले दोस्रो रोमान्टिक भर्सन आउट गरेको हो ।

‘मिस गरे…’ शिर्षकको गीतमा मुख्य कलाकार दीपशिखा खड्का र मौसम खड्का फिचरिङ छन् । डा. कृष्ण हरि बरालको शब्द, हरि लम्सालको संगीत, र मेलिना राई/युवराज चौलागाईंको स्वरमा गीत तयार गरिएको छ । गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

नेपाली युवती र भारतीय युवाको कथा प्रस्तुत गरिएको फिल्ममा जनक पाण्डेको निर्देशन छ । फिल्ममा दीपशिखा र मौसमसँगै अलि खान, प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहलगायतका कलाकारको अभिनय छ ।

नानीमैयाँ कार्कीले निर्माण गरेको फिल्मका लागि दीपशिखा स्वयम्ले कथा लेखेकी हुन् । फिल्म यहि माघ २५ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्