झमकको ‘जीवन काँडा कि फुल’ चैतमा



रंगखबर, काठमाडौँ – २०६७ सालको मदन पुरस्कार विजेता कृति ‘जीवन काँडा कि फुल’मा आधारित फिल्म अब प्रदर्शनको लागि तयार भएको छ । साहित्यकार झमक घिमिरेले अपाङ्गताको रुपमा भोग्नु परेका पिडा, संघर्ष र सफलताका विषयमा फिल्म निर्माण भएको छ ।

चैत २२ मा रिलिज हुने ‘जीवन काँडा कि फुल’मा अवस्था थापा, रोजिता बुद्दचार्य र सारिका घिमिरेले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्मको माध्यमबाट समाजमा सकारात्मक संदेश दिने उद्येश्य रहेको निर्माता तथा निर्देशक विनोद बिष्टले जानकारी दिए ।

फिल्ममा स्वीकृति शर्मा, टीका सुवेदी, किशन सुनार, उमा बेबीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्