‘अनागत’ टिजर: प्रियंका र अर्पणको इन्टिमेट सिन



रंगखबर, काठमाडौँ –  सस्पेन्स थिलर फिल्म ‘अनागत’को टिजर सार्वजनिक भएको छ । श्रीमान-श्रीमतीको घरव्यवहारमा उब्जिने समस्यालाई कथासार बनाएको फिल्ममा प्रियंका कार्की र अर्पण थापा मुख्य भूमिकामा छन् ।

साम्तेन भुटिया निर्देशित फिल्मको टिजरमा प्रियंका र अर्पणका अन्तरंग दृश्यहरु पनि प्रस्तुत गरिएको छ । ‘अदृश्य दुस्मन भित्र’ सहशिर्षक दिइएको फिल्ममा प्रवीण खतिवडा, रोजिन सुवेदी, अर्जुन रेग्मी, सम्रांत थापा, अनु शर्मालगायतका कलाकारको अभिनय छ ।

माघ ११ गते रिलिज हुने फिल्ममा चन्द्र के झाको कथा, प्रवचन श्रेष्ठ/साम्तेन भुटियाको पटकथा, सिसन बानियाँको छायाँकन र निर्देशक स्वयम्को सम्पादन छ ।

फिल्मलाई समिर उपाध्याय, चन्द्र के झा, छिरिङ लामु शेर्पा र साम्तेन भुटिया मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्