लक्ष्मी अग्रवालको भूमिकामा दीपिका फाइनल



रंगखबर, काठमाडौँ – भर्खरै अभिनेता रणवीर सिंहसँगको वैवाहिक जीवनमा बाँधिएकी ‘पद्मावत’ अभिनेत्री दीपिका पादुकोण नयाँ फिल्मका लागि तयार भएकी छन् ।

सुपरहिट फिल्म ‘राजी’ निर्देशक मेघ्ना गुल्जारको ‘छापाक’मा दीपिकाले लिड रोल निर्वाह गर्नेछिन् । सन् २००५ मा एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालमा फिल्म आधारित हुनेछ । फिल्ममा लक्ष्मीको भूमिकामा दीपिका हुनेछिन । त्यस्तै दीपिकाको अपोजिटमा विक्रान्त म्यास्सी रहनेछन ।

विक्रमले ‘दिल धड्कने दो’, ‘लुटेरा’, ‘हाफ गर्लफ्रेन्ड’, ‘लिपस्ट्रिक अण्डर माइ बुर्खा’लगायतका फिल्ममा अभिनय गरिसकेका छन् ।

२०१९ मार्च तेस्रो साता देखि फिल्म फ्लोरमा जाने निर्देशक गुल्जारले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्