ब्रेकअप पिडाबाट थिग्रिदै नेहा कक्कर



रंगखबर,काठमाडौँ – बलिउड प्लेब्याक सिङ्गर नेहा कक्कर अभिनेता हिमांश कोहलीसँगको ब्रेकअप पिडाबाट थिग्रिने प्रयासमा छिन् । हिमांशसँगको चार बर्षे लामो प्रेम सम्वन्ध केहि समय अगाडी टुटेको थियो ।

त्यसपश्चात नेहा निक्कै पिडामा थिइन् । कतिले उनि डिप्रेसनमा पनि जान सक्ने अनुमान गरेका थिए । तर, समय परिवर्तन भएसँगै नेहा पनि बदलिन थालेकी छन् । सामाजिक संजालमा उनले शेयर गर्ने तस्विर र क्याप्सनले पिडाबाट थिग्रिने कोशिसमा रहेको संकेत गर्छन ।

भर्खरै शेयर गरेको पुरानो तस्विरमा उनले लेखेकी छन् ‘महिलामा पनि फरक निखार आउँछ, जब उसलाई सहि ट्रिट रा प्रेम गरिन्छ ।’

 

नेहाले हिमांशसँग केहि म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन् । जब हिमांशसँगको प्रेमले मिडियामा स्थान पाउन लाग्यो, तब नेहाले ‘इण्डियन आइडल’को मंचबाटै हाँसी-खुसि प्रेम स्वीकारेकी थिइन् । तर, नेहालाई के थाहा ४ वर्ष पछि विछोडको घडी पनि आउनेछ ।

अर्को तस्विरमा उनि लेख्छिन ‘यदि तपाई कसैलाई विना मुस्कानको देख्नु हुन्छ, आफ्नो मुस्कान उसलाई दिनुस ।’ नेहाले एक अन्तर्वार्ताका क्रममा हिमांशलाई नचिन्ने समेत बताइसकेकी छन ।

 

उनि अब हिमांशको बारेमा कुरा गर्न चाहना राख्दिनन् । एक अन्तरवार्तामा उनले भनिन् ‘को हिमांश ? तपाई कस्को कुरा गर्दै हुनुहुन्छ ? म कोहि हिमांश नामको मान्छेलाई चिन्दिन ।

नेहा अहिले गायकी करिअरको स्वर्णिम घडीमा छिन् । वर्तमान समयमा बलिउडका सर्वाधिक गीत उनैले गाइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्