‘सयकडा दश’ पोस्टर: मनोज गजुरेल हाँस्यदेखि रोमान्टिकसम्म



रंगखबर, काठमाडौँ – हाँस्यअभिनेता मनोज गजुरेल डेब्यु फिल्म ‘सयकडा दश’को औपचारिक पोस्टर सार्वजनिक गरिएको छ । भ्रष्टाचारविरुद्द सदाचार सन्देश बोकेको फिल्मलाई ‘प्रेमगीत २’ फ्रेम्ड रामशरण पाठकले निर्देशन गरेका हुन् ।

‘करप्सन भर्सेस लभ’ केन्द्रिय द्वन्दमा आधारित फिल्म सोसल कमेडी जनरामा छ । सार्वजनिक पोस्टरमा फिल्मका प्राय कलाकार प्रस्तुत छन् । माघ १८ रिलिज डेट तय गरिएको फिल्ममा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको पनि अभिनय छ ।

अंग्रेजी नयाँ वर्षको छेकोमा थाइल्याण्ड र म्यानमार रिलिज हुने फिल्मको ‘दाइलाई कुरा लाइदिने’ बोलको गीत हिट भैसकेको छ । लोकप्रिय हाँस्यअभिनेता मनोज भएकै कारण रिलिजताकासम्म फिल्मले उच्च हाइप बनाउने अनुमान गरिएको छ ।

निर्देशक स्वयम्ले लेखेको फिल्ममा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजिव न्यौपानेले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्