रिलिज अगावै युट्युबमा १५ मिनेटको ‘जय श्री दाम’



रंगखबर, काठमाडौँ – पुष २० मा रिलिज हुने फिल्म ‘जय श्री दाम’को केहि अंश अब युट्युबमै हेर्न पाइने भएको छ । सोमबार राजधानीमा प्रेसमिट गरि निर्माण पक्षले फिल्मको सुरुवाती १५ मिनेटलाई युट्युब रिलिज गरिदिएको छ ।

दर्शक माँझ कौतुहलता जगाउने र फिल्म हेर्ने बारे निर्णय गर्न सजिलो होस भनेर सुरुवाती १५ मिनेट सार्वजनिक गरिएको निर्देशक विप्लप उप्रेतीले बताए । रिलिज अगावै पब्लिसिटी स्वरुप केहि अंश सार्वजनिक गरिएको यो नै पहिलो पटक हो । ३० लाख न्यून बजेटमा निर्मित फिल्मले उल्लेख्य प्रचार गर्न सकेको छैन ।

फिल्ममा अमृत ढुंगाना, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, जेविका कार्की, बिष्णु सापकोटालगायतका कलाकारको अभिनय छ ।

फिल्ममा बिप्लप/अमरदीप सापकोटाको पटकथा, मित्र डी गुरुङको सम्पादन, रविन आचार्यको डिओपी, नवराज उप्रेतीको छायाँकन र सुशान्त गौतमको संगीत छ ।

https://youtu.be/WjQisM_wlz4

प्रतिक्रिया दिनुहोस्