चिन रिलिजको बाटो खोल्दै निर्माता संघ



रंगखबर, काठमाडौँ – चलचित्र निर्माता संघले चिनमा नेपाली फिल्म रिलिजको लागि पहल गरेको छ । अध्यक्ष आकाश अधिकारीले चिन भ्रमणमा नेपाली फिल्म निर्माताका लागि गरिएको पहलको बारेमा जानकारी दिए ।

निर्माताहरुको छाता संगठन ‘द फेडेरेशन अफ मोसन पिक्चर्स, एसिया प्यासिफिक’ अब नेपाल पनि प्रवेश गरेको छ । २५ देश सम्हिलित संगठनको मद्दतमा विश्वकै दोस्रो ठुलो फिल्म बजार चिनमा नेपाली फिल्मले बजार पाउने अध्यक्ष अधिकारीले आशा व्यक्त गरे ।

‘द फेडेरेशन अफ मोसन पिक्चर्स, एसिया प्यासिफिक’मा नेपालबाट वर्षेनी २ फिल्मसम्म पठाउन सकिनेछ । त्यसका लागि पहल भैरहेको छ । ‘निर्माताहरुलाई सहयोग पुगोस भन्ने हेतुले नेपाललगायत केहि देशले फिल्म छनोट ६-६ महिना गरियोस भनेर पनि पहल गरेका छौँ । उता हाम्रो पहललाई सकारात्मक लिनु भएको छ ।’ अधिकारीले अगाडी थपे ‘यदि त्यस्तो भएमा हामि वर्षको ४ फिल्मसम्म प्रदर्शन गर्न सक्छौँ ।

केहि अगाडी चिनमा सम्पन्न कार्यसमितिको बैठकमा पुगेका अधिकारी उक्त संस्थाको कार्यकारी सदस्यसमेत बनेका छन् ।

काठमाडौँ महानगरपालिकाले अब शहरमा जथाभावी पोस्टर टाँस्न नदिने भएको छ । फिल्मको पोस्टर टाँस्ने व्यवस्थापन सम्बन्धि पनि महानगरसँग निर्माता संघले वार्ता गरिरहेको छ । संघका वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले भने ‘दर्शक चाप रहने र शहरका बिभिन्न ठाउँमा पोस्टर टाँस्नका निमित्त बिभिन्न पहलहरु गरेका छौँ ।’

प्रेसमिटमा फिल्म क्षेत्रलाई उद्योग रुप दिन, सेन्सर बोर्ड शैली परिवर्तन, सिक्किममा नेपाली फिल्म प्रदर्शन र बक्सअफिसको डाटा संकलनका लागि पहल गरिरहेको संघले बतायो ।

तस्विर: प्रविण रानाभाट/पहिलोपोस्ट

प्रतिक्रिया दिनुहोस्