बाँकी कथामा ‘बोबी २’ घोषणा



रंगखबर, काठमाडौँ – यसै वर्ष प्रदर्शन भएको फिल्म ‘बोबी’को सिक्वेल बन्ने भएको छ । शनिबार पत्रकार सम्हेलन गर्दै निर्माण पक्षले सिक्वेलको बारेमा जानकारी दियो । मिलन चाम्सले नै निर्देशन गर्ने सिक्वेलको नाम ‘बोबी २ – बाँकी कथा’ रहनेछ ।

रियल जोडीको रियल कथामा निर्माण हुने फिल्ममा प्रिक्वेलकै कलाकार कविता गुरुङ, उमेश थापा मुख्य भूमिकामा हुनेछन । ‘बोबी’को बाँकी कथामा उमेशको संघर्ष र सफलता कथा फोकस गरिने निर्देशक चाम्सले बताए । अघिल्लो फिल्ममा कविताको संघर्षलाई बढी फोकस्ड गरिएको थियो ।

नरेश भट्टराई र गिरिराज घिमिरेको स्क्रिप्ट रहने फिल्ममा एलिश थापा र विजय लामाको पनि अभिनय रहनेछ । सुदिप बरालले खिच्ने फिल्मलाई चैत पहिलो सातादेखि फिल्माङ्कन गरिनेछ । छायाँकन लागि नेपाल र नर्वेको लोकेशन छनोट गरिएको छ ।

असार २९ गते रिलिज भएको ‘बोबी’ले घरेलु मार्केटमा नसोचेको व्यापार गरेको थियो । नेपालबाट आफुलाई ‘सेफ ल्याण्डिङ’ गराएको फिल्मले विदेशबाट निर्मातालाई मुनाफा दिलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्