दिपिकाले आफ्नो ‘प्रेग्नेंसी’बारे खोलिन मुख



रंगखबर, काठमाडौँ- बर्ष २०१८ को बिवाह मध्येको नम्बर १ मै गनिन्छ दिपिका र रणवीर सिंहको विवाह । यी दूईको विवाहको समाचारहरु अहिले पनि ताजै छ। ५ बर्ष लामो प्रेम सम्बन्धलाई यी दुईले गत नाबेम्बर १५ र १५ तारिखका दिन नयाँ नाम दिएका थिए । विवाह लगत्तै उनीहरु यति ब्यस्त भै रहेका छन् कि आफ्नो हनिमुनको लागि सोच्ने समेत फुर्सद छैन । अहिले  दिपिका गर्भवती भएको समाचारले बलिउड नतातेको पनि हैन । अब भने एक अन्तर्वार्तामा दिपिकाले मुख खोलेकी छिन ।

उनले एक अन्तर्वार्तामा सोधिएको प्रश्न विवाह पछि गर्भवती हुनु पर्छ भन्ने परम्परागत संस्कारलाई कसरी लिनु हुन्छ भन्ने प्रश्नमा उत्तर दिदै भन्छिन ‘ आमा बन्नु सबैको सपना हुन्छ र मेरो पनि छ तर हुदै नभएको समाचार प्रति भने मेरो आपत्ति पनि जरुर छ ।’ यति मात्र हैन आमा बन्दा निकै नै  दायित्व थपिने भएको हुनाले  त्यसका लागि अहिले हामी दुवै तयार भै नसकेको सम्म भन्न भ्याईन ।

दिपिकाको पछिल्लो रिलिज पद्मावत पछि छापक साईन गरिसकेकी छिन भने रणवीरको सिम्बाले बलिउडमा धमाल मचाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्