तीन दिनमै लगानी सुरक्षित तर्फ ‘सिम्बा’



रंगखबर, काठमाडौँ – प्रदर्शनरत फिल्म ‘सिम्बा’ले साल २०१८ को सुखद अन्त्य गरिदिएको छ । रोहित सेट्टी निर्देशित फिल्म समिक्षात्मक र बक्सअफिस दुवैमा प्रभावशाली देखिएको छ ।

रणवीर सिंह स्टारर फिल्मले वर्षको दोस्रो अन्तिम दिनमा पहिलो विकेन्ड पार गरेको छ । साथै, विकेन्डसम्मको कमाइले फिल्मलाई लगानी रिकभर नजिक पुर्याइदिएको छ । प्रिन्ट, प्रचार र प्रोडक्सन खर्चसहित ८० करोड बजेटमा निर्मित फिल्मले ७५ करोड ११ लाख कमाइसकेको छ ।

पहिलो दिन २०.७२ करोड कमाइबाट उकालो लागेको फिल्म रोकिने छाँटकाँट छैन । दोस्रो दिन २३.३३ करोड कमाएको फिल्मले तेस्रो दिन ३१.०६ करोड कमाउन सफल भयो ।

फिल्मले साल २०१८ भित्रै सय करोडको आँकडा छुन सोमबार २५ करोडको व्यापार आवश्यक छ । विकेन्ड पश्चात फिल्मको कलेक्सनमा भारी गिरावट आउन थाल्छ । सोमबार पनि सहि ‘मोमेम्टम’ क्यास गर्न सकेका फिल्मले लाइफटाइम २ सय करोड आँकडा छुन सक्छ ।

साउथ इण्डियन फिल्म ‘टेम्पर’को रिमेक ‘सिम्बा’मा सारा अलि खान र सोनु सूदको पनि मुख्य भूमिका छ । ‘गोलमाल’ टिम, अजय देवगण र अक्षय कुमारको केमियोले फिल्मलाई मनोरंजनको उचाइमा पुर्याएको छ ।

मुम्बईमा आक्रामक

घरेलु बक्सअफिसको मुम्बई  सर्किट ‘सिम्बा’ आक्रामक देखिएको छ । फिल्मले तीन दिनमा २९.०१ करोड कमाइ गरिसकेको छ । जम्मा कलेक्सनमा मुम्बईबाट मात्र ३८.६२ प्रतिशत कमाइ छ । मुम्बईको कलेक्सन तेस्रो दिनसम्म क्रमस,,,७.७७ करोड, ९.११ करोड र १२.१३ करोड छ ।

प्रतिक्रिया दिनुहोस्