अर्पणको ‘घर’मा भित्रिइन सुरक्षा पन्त



रंगखबर, काठमाडौँ – गत साता घोषणा गरिएको फिल्म ‘घर’को मुख्य अभिनेत्रीमा सुरक्षा पन्त फाइनल भएकी छन् । यसअघि हरर जनराको फिल्मको लागि अर्पण थापा मात्र फाइनल थिए । उनि फिल्मका कथाकारसँगै निर्देशक पनि हुन् ।

निर्देशक दीपेन्द्र के खनालले ‘घर’को परिवार स्वरुप सुरक्षालाई भित्र्याएको फोटोसहितको स्टाटस लेखेका छन् । फोटोमा सुरक्षालाई दुइ निर्देशकले एग्रिमेन्ट पत्र थमाएका छन् ।

डिएस डिजिटल व्यानरमा निर्माण हुने ‘घर’मा शर्मिला पाण्डेको लगानी रहनेछ । फिल्मको सहनिर्मातामा सन्तोष अधिकारी छन् । माघबाट फ्लोरमा जाने फिल्मले एउटा घर भित्र हुने घटनालाई सस्पेन्समा भन्नेछ ।

प्रतिक्रिया दिनुहोस्